बाग्मती

राजमार्गमा आएको लेदोले सवारी साधन अवरुद्ध

धादिङ। पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका वडा नं ८ चारकिलोस्थित राजमार्गमा आएको लेदोले सवारी साधन अवरुद्ध बनाएकोे छ ।

ग्रामीण सडक खन्दा व्यवस्थापनमा ध्यान नदिएका कारण कच्ची सडक खनेको स्थानको लेदो माटोले राजमार्ग अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार डोजरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ ।

यसैगरी सोही राजमार्गको चारकिलोमा ना५ख ६६०५ नं को ट्रकले सडक छेउमा रहेको बिजुलीको खम्बामा ठक्कर दिँदा त्यहाँ रहेको दुई वटा खम्बा ढलेकाले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । सो स्थानमा एकतर्फी सवारीसाधान सञ्चालन गरिएको छ ।