विचार/ब्लग

पुर्वराजा पनि नागरिक हुन् गाली नगर, कम्रेड !

बाबुराम आचार्य । नेकपा अध्यक्ष पुष्पकमल दहालले ज्ञानेन्द्र शाहले बढी बगबग गरे नारायणहिटीबाट निकालिएर नागार्जुनमा राखिएपनि पुन त्यहाँबाट पनि निकाल्ने चेतावनी दिएका छन् । केहीदिन अगाडी राप्रपा अध्यक्ष कमल थापाले सरकार वा प्रधानमन्त्रीमात्र नभएर व्प्यवस्था नै राजतन्त्रात्मक र हिन्दू प्रणालीमा आउनुपर्ने समय आएको भन्ने दिएको अभिब्यक्तीको उत्तर दिँदै अध्यक्ष दहालले नेपाली जनताले राजतन्त्रको बारेमा बढी बोले नागार्जुनबाट समेत निकाल्ने र त्यसबेलाको राजसंस्थाको हविगत अर्कै हुनसक्ने बताएका छन् ।

निर्बाचन पटक पटक आउछ । जनतालाई चाहिएको मुलुकको समृद्धि हो, नेताको वा कुनै व्यक्तीको होईन । जनताका अगाडी गरिएका भ्रष्टाचार अन्त्य गर्ने राजनीतिक दलका प्रतिबद्धताहरु खोई पुरा भएका ? उनीहरुका प्रतिबद्धता भ्रटाचार निवारण गर्ने भन्दा भ्रष्टाचार बढाउनेतिर केन्द्रीत भएको देखिन थालियो । वाईडबढी, बुढीगण्डकी जस्ता अरबौंका भ्रटाचारका काण्डहरु कता गए ? तस्कारीहरु बढेका बढै छन् । ३८ सय कुईन्टल सुन त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट तस्करी भएको रिपोर्ट आएको थियो । खोई त्यसको छानविन र दोषीलाई कारबाही ? लागू औषध तस्करहरुपनि प्रहरीले दिनानुदिन प्रकाउ गरिरहेको छ, कारबाही र त्यसका नियन्त्रणका प्रभाबकारीता खोई ? सम्पती शुद्धीकरण अनुसंधान बिभाग, अख्तियार दुरुपयोग अनुसंधान आयोग, नेपाल प्रहरीको सकृयता पनि अलि सुस्ताएको हो कि ?

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार संचालनमा छ । अध्यक्ष ओली झापा बिद्रोहबाट स्थापीत भएका कम्युनिष्ट नेता हुन्, पुष्पकमल दहाल १० बर्षे जनयुद्ध । माओबादी केन्द्रसँग नेकपा एमालेलाई एकीकरण गरेर नेकपा बनाएपछि नयाँ पार्टी नेकपामा दुई अध्यक्ष छन् एकजना प्रधानमन्त्री ओली त अर्कोजना पुष्पकमल (छविलाल) दहाल ।

नेकपाका दुईजना अधयक्ष नै बिदेश हानिए, अध्यक्ष दहाल पर्किइसकेका छन् भने प्रधानमन्त्री ओली उपचारको सिलसिलामा सिंगापुरमा नै छन् । पार्टी सचिवालय बिभागहरुगठन गर्नमा सहमती हुन नसकेपछि बैठक स्थगीत भएपछि प्रधानमन्त्री ओली आफ्नै स्वास्थ्य चेकअपका लागि सिंगापुर गएका छन् भने अध्यक्ष दहाल श्रीमतीको आग्रहमा दुबई भ्रमणमा निस्किएका भएपनि केहीदिनको भ्रमणपछि फर्किए ।

अध्यक्ष दहालले दिएका आईतबार राजतन्त्रका विषयका अभिब्यक्तीको राजनीतिक बृतमा बिभिन्न टिकाटिप्पणी भईरहेका छन् । एकातिर जनताको नासो जनतालाई नै भनेर नारायणहिटीबाट सरकारले नै व्यवस्थापन गरेअनुसार निस्किएर नागार्जुन गएका पुर्व राजा ज्ञानेन्द्र शाहलाई पुष्पकमल दहालले गाली गर्दा तल्लो स्तर प्रयोग गर्नु अराजनीतिक गन्ध भन्नेहरु छन् भने अर्कोतिर पछिल्लो समय राजनीतिक दलहरुले मुलुको व्यवस्थापन गर्दा जनतालाई चित्त बुझाउन नसकेका बेला राजसंस्थाप्रति आएको जनसमर्थन देखेर राजनीतिक दलहरु राजसंस्थासँग डराएको प्रतिक स्परुप उनले आक्रोस पोखेको भन्ने बिश्लेषण गर्नेहरु देखिएका छन् ।

पुर्व राजा ज्ञानेन्द्र नागरिक भईसकेका छन् उनीसंग राजनीतिक दलका नेताहरुले डराउनुको तुक नरहने देखिन्छ । पुर्व राजाले बहुसंख्यक जनतालाई फकाए पुनः राजतन्त्र पुष्पकमल दहालले नचाहएपनि फर्किन्छ । जनताले नचाहे पुष्पकमल दहालले चाहेपनि फर्किन्न । होईन र ? त्यसबोला जनताले चाहेनन् राजसंस्था सकियो, होईन र ?

संबिधान मै व्यवस्था भएबमोजिम जोकोही नेपालीले राजनीति गर्न, व्यवशाय गर्न, बोल्न, लेख्न लगायतका स्वतन्त्रता भएपनि पुर्व राजा ज्ञानेन्द्रलाई चैं खास बाँध्नुपर्ने अध्यक्ष दहालको अभिब्यक्तीप्रति धेरैजसो विश्लेषकहरुले गलत अभिब्यक्तीको संज्ञा दिएका छन् । पुर्व राजाले शान्तीपूर्वक रुपमा जनताका घरमा गएर दुःख सुखका कुरा गर्न पाउनुपर्ने संबैधानिक व्यवस्था भएपनि कसैलाई व्यक्तीगत रुपमा बन्देज गर्न विरोध गर्नु राम्रो नभएको देखिन्छ । पुर्व राजा ज्ञानेन्द्र नागरिक भईसकेका छन् उनीसंग राजनीतिक दलका नेताहरुले डराउनुको तुक नरहने देखिन्छ । पुर्व राजाले बहुसंख्यक जनतालाई फकाए पुनः राजतन्त्र पुष्पकमल दहालले नचाहएपनि फर्किन्छ । जनताले नचाहे पुष्पकमल दहालले चाहेपनि फर्किन्न । होईन र ? त्यसबोला जनताले चाहेनन् राजसंस्था सकियो, होईन र ?
पुर्व राजा वा उनको परिवारबाट औपचारिक प्रतिकृया नआएपनि अध्यक्ष दहालले पुर्ब राजाका बिषयमा दिएको अभिब्यक्ती सरासर गलत, लोकतन्त्र बिरोधी र बिरोधाभाषपूर्ण छ । बाँकीरह्यो कमल थापाले दिएको राजतन्त्र र हिन्दू राष्ट्रको बिषयको अभिब्यक्ती, त्यसमा पूर्व राजाको के दोष ? कमल थापा आखिर पुष्पकमल दहाल वा ओली सरकारका सहयात्री पनि नभएका हुन् र ? कमल थापा काँग्रेस वा एमालेसंग सहकार्य गरेर मन्त्री उपप्रधानमन्त्री नभएका हुन् ? यस बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आधिकारिक धारण समेत आएको देखिदैन । कुनै ब्यक्ती वा समुदायले कसैको समर्थन वा बिरोध गर्न त पाईहाल्छ नि ? कमल थापाको राजसंस्था र हिन्दू भोट माग्ने भाँडो हो । जसरी अध्यक्ष दहालको गणतन्त्र भोट माग्ने भाँडो हो त्यसैगरी, होईन र?

पछिल्लो समयमा जनताको मतले साँसद चुनिए नेताहरु जनताका अगाडी नाङ्गिएका मात्र छैनन् उनीहरुले देश र जनताका लागि गर्ने भनेका बाचाहरु एक प्रतिशत पनि पुरा गर्न सकेका छैनन् । उनीहरुले जनताका आधारभूत आवश्यक्ता समेत पुरा गर्न सकेका छैनन् । त्यतीमात्र होईन राजनीतिक दलहरुले वेरोजगारी समस्याको व्यवस्थापन, कृषिमा आधुनिकिकरण, शिक्षा स्वास्थ्यमा गरिब जनताको पहुंच, यातायात, पुर्बाधार लगायतमा विकास लगायतका बिषयमा कुनैपनि काम गर्न सकेका छैनन् । सबै कमी कमजोरीको नेपाली जनताले नजिकबाट नियालीरहेको कुरामा राजनीतिक दलका नेताहरु भ्रममा छन् ।

तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल लगायतका नेताहरुलाई आफ्नै निवासमा नजरबन्दमा राखे । संसदबाट निर्बाचत प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै प्रधानमन्त्रीबाट हटाए । आफ्नो लिँडेढीपीबाट चलिरहे, कसैको कुरा सुनेनन् । त्यसको परिणामस्वरुप राजसंस्थानै सधैंका लागि सकिएर गणतन्त्र आएको छ । यस घटनालाई पनि नेकपा नेतृत्वले नजरअन्दाज नगरोस ।

कुनैबेला ज्ञानेन्द्र शाह पनि यो भ्रममा थिए, उनले तुलसी गिरीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाएर आफू प्रधानमन्त्री हुंदाखेरी ज्ञानेन्द्र शाहले कसैको कुरापनि सुनेनन्, उनले सबै क्षेत्रलाई प्रत्रिबन्ध लगाउदै गए । तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल लगायतका नेताहरुलाई आफ्नै निवासमा नजरबन्दमा राखे । संसदबाट निर्बाचत प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै प्रधानमन्त्रीबाट हटाए । आफ्नो लिँडेढीपीबाट चलिरहे, कसैको कुरा सुनेनन् । त्यसको परिणामस्वरुप राजसंस्थानै सधैंका लागि सकिएर गणतन्त्र आएको छ । यस घटनालाई पनि नेकपा नेतृत्वले नजरअन्दाज नगरोस ।

राजसंस्थाले घमण्ड गर्नुभन्दा अगाडी स्पष्ट बहुमत ल्याएको नेपाली काँग्रेसले पनि घमण्ड गरेर मध्यावधी निर्बाचनको घोषणा गरेको उदाहरण छ, त्यसको परिणामस्वरुप काँग्रेसको अवस्था नाजुक त छंदैछ, अर्कोतर्फ मुलुकमा २५ बर्षदेखी अहिलेसम्मको राजनीतिक अस्थिरता देखिएको छ ।

त्यसैगरी पछिल्लो राजनीतिक कालखण्डमा नेकपाले दुईतिहाईको सरकार बनाएको छ । दुईतिहाईको सरकारले जनताले दिएको मतको हो । आफैंले आर्जन गरेको होईन । यसलाई नेकपा सरकारले त अवमुल्यन गर्यो नै, यसमा नेकपा अध्यक्ष पुष्पकमल दहाल लगायतका नेकपाका शक्तीसाली नेताहरुले समेत जनताको मतको अवमूल्यन गर्दै राजा वा काँग्रेस वा राप्रपालाई प्रतिबन्ध लगाउने शैलीमा बोलिरहेका छन्, उनीहरुले आफ्ना गलत कार्यको बिरोध गर्ने मिडियालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । यो अध्यक्ष दहालको अभिब्यक्ती त्यसकै प्रतिक हो । निर्बाचन एकपटकमात्र आउने होईन । निर्बाचन पटक पटक आउछ । जनतालाई चाहिएको मुलुकको समृद्धि हो, नेताको वा कुनै व्यक्तीको होईन । जनताका अगाडी गरिएका भ्रष्टाचार अन्त्य गर्ने राजनीतिक दलका प्रतिबद्धताहरु खोई पुरा भएका ? उनीहरुका प्रतिबद्धता भ्रटाचार निवारण गर्ने भन्दा भ्रष्टाचार बढाउनेतिर केन्द्रीत भएको देखिन थालियो । वाईडबढी, बुढीगण्डकी जस्ता अरबौंका भ्रटाचारका काण्डहरु कता गए ? तस्कारीहरु बढेका बढै छन् । ३८ सय कुईन्टल सुन त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट तस्करी भएको रिपोर्ट आएको थियो । खोई त्यसको छानविन र दोषीलाई कारबाही ? लागू औषध तस्करहरुपनि प्रहरीले दिनानुदिन प्रकाउ गरिरहेको छ, कारबाही र त्यसका नियन्त्रणका प्रभाबकारीता खोई ? सम्पती शुद्धीकरण अनुसंधान बिभाग, अख्तियार दुरुपयोग अनुसंधान आयोग, नेपाल प्रहरीको सकृयता पनि अलि सुस्ताएको हो कि ?

आधिकारका लागि ७५३ वटा स्थानीय तह, सात प्रदेश र केन्द्रबीच किन बढ्दैछ द्वन्द्व ? अझैपनि चारवटा प्रदेशको नामाङ्करण सम्म गर्न सकेका छैनन् । विकास निर्माणको त कुरै छोडौं ।

नेकपा दुईतिहाई सरकारले शक्तीको घमण्ड गरेर बिपक्षीलाई अवमुल्यन गर्दै जाने हो भने पुनः नेकपामा दुर्घटना हुन सक्छ । त्यो राम्रो होईन । दुईतिहाई मतको ओली सरकार पाँच बर्ष टिक्नुपर्छ । यसले नेपाली काँग्रेसमात्र नभएर, पुर्व राजादेखी मजदुर बर्ग र किसानसम्मको कुरा सुन्न पछिपर्नुहुन्न, त्यसो नगरे, अध्यक्ष दहाल वा प्रधानमन्त्री ओलीलाई नै जनताले वालुवाटार वा खुमलटारबाट निकाल्नेछन् । ओलीलाई झापा र पुष्पकमल दहाललाई चितवनका जनताले हराएर पठाउनेछन् । त्यसबेला उनीहरुले बुझेपनि ढिला भईसकेको हुनेछ त्यसैले अहिल्यै सोच्न जरुरी छ अध्यक्षद्वय देश, जनता र नेकपालाई कता डोहोर्याउने हो ?

पुर्व राजालाई गाली गर्नुअघि पुल उद्घाटन कार्यक्रममा अध्यक्ष दहाल