समाचार

पहिरोमा पुरिएर मृत्यु हुनेको सङख्या ३ पुग्योः ६ घाइते (अपडेट)

बागलुङ । बागलुङमा केहि दिनदेखी लगातार आएको  अबिरल वर्षा पछि पहिरो जाँदा पहिरोमा पुरिएर मृत्यु हुने सङख्या ३ पुगेको छ। बागलुङको तमानखोलामा गएराति आएको पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको हो ।

प्रहीका अनुसार आइतबार राति १ बजे खसेको पहिरोले तमानखोला गाउँपालिका–४ लामेलाका ५ घर पुरिएको हुन् । उक्त पहिरोमा मृत्यु हुनेमा स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताएका छन । उनीहरुको शव निकालीएको छ ।

पहिरोमा परेर ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ । आज बिहानै देखि स्थानीय बासिन्दा, बुंगादोभानबाट गएको प्रहरी टोलीले उद्धारको काम गरिरहेको वडा अध्यक्ष उदिन छन्त्यालले बताएका छन ।

थप उद्धारका लागि इलाका प्रहरी कार्यालय बुर्तिवाङ देखि प्रहरी टोली घटनास्थल तर्फ गएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटनामा उद्दार र राहतका लागि जिल्ला प्रशासनलाई पनि आग्रह गरिएको बताएका छन ।