प्रदेश 2

डाँका मुद्धामा फरार एक व्यक्ति प्रहरी नियन्त्रणमा

लहान । सिरहा प्रहरीले डाँका मुद्धामा फरार एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले आइतबार साँझ डाँका मुद्दामा फरार रहेको सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर निवासी २० वर्षीय रुपेशकुमार यादवलाई पक्राउ गरेको हो ।

डाँका मुद्दामा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसअघि गत शनिवार पनि डाँका मुद्दामा गत २०७६ वैशाख महीनादेखि फरार सिरहा नगरपालिका १९ सन्हैठा निवासी ३० वर्षीय मनोजकुमार यादवलाई पक्राउ गरिएको थियो ।

आफ्नै घर वरिपरि लुकिछिपी बसिरहेको सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।