अन्तर्राष्ट्रिय

इरानले यर्यो फेरि एउटा विदेशी तेल ट्याङ्कर कब्जा

एजेन्सी । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् ।

इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारी अनुसार रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको छ ।

ट्याङ्करसहित यसका चालक दलका सात सदस्यलाई पनि इरानी पक्षले नियन्त्रणमा लिइ अनुसन्धान गरेको बताइएको छ । अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ ।

सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट फिर्ता भएपछि अमेरिकाmे इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको छ । जसका कारण अमेरिका र इरानबीचको सम्बन्धमा निकै तिक्तता देखिएको छ ।