मनोरञ्जन

नेपालमा पहिलो पटक प्रयोग गरिएको गीत काँचुलीमा (भिडियोसहित)

काठमाण्डौ । विजी बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काचुलिको अर्को गीत ”तिमी साथ छौ र पो “ सार्वजनिक भएको छ ।

बास्तविक जिवन घटनालाई आधार बनाएर तयार पारिएको गीतमा रहेको शब्दहरु चलचित्रको कथा बस्तुसगँ मेल खाने गरी प्रस्तुत गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायल । यस गीतमा हालसम्म फरक ढंगबाट प्रस्तुत गरिएको कोरियोग्राफर राजन मर्हजनले बताए ।

सार्वजनिक गीतमा गायिका नित्याशिवा र गायक तथा संगीतकार राजेन्द्र बजगाई को स्वर राजेन्द्र बजगाईँ को संगीत र एरेन्ज अनि शंकर अधिकारी घायलको शव्द रहेको छ ।

सुशील डाँगीको छायांकन, राजन महर्जनको नृत्य बिश्वास भण्डारी को सम्पादन रहेको गीतमा युबा पुस्ताको प्रेम कथा झल्काइएको निमार्ण पक्षले बताएको छ ।
हेर्नुहोस गीतको पुरा भिडियो ।