प्रवास

दक्षिण कोरियाका नेपालीले तिजमा साँस्कृतिक जमघट गर्ने

दक्षिण कोरिया। नेपाली ग्लोबल राष्ट्रिय समिति दक्षिण कोरियाले हरितालिका तिजको अवसरमा रमाइलो साँस्कृतिक जमघट गर्ने भएको छ ।
कोरियामा कार्यरत नेपाली चेलिबेटी तथा दाजुभाइ हरुको जमघट गर्न सेप्टेम्बर १ तारिखका दिन फेन्तेक शहरमा उक्त कार्यक्रम गर्न लागिएको हो । २ तारिखमा तिज भएको र अघिल्लो दिन १ तारिखमा आइतबार परेकाले सबैलाई अनुकूल समय मिलाइ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा सहभागीता जनाउन सबै नेपाली दिदिबहिनी तथा दाजुभाइ हरुलाइ अनुरोध समेत गरिएको अध्यक्ष अम्बिका डिसी पार्कले बताए ।

शनिबार बसेको राष्ट्रिय समिति दक्षिण कोरियाको बैठकले सल्लाहकारमा सस्थालाइ लामो समय देखि सल्लाह सुझाव दिदै आएका फेन्तेक माइग्रेन्ट सेन्टरका अध्यक्ष तथा सिर्जनशिल व्यक्ति लक्ष्मण पौडेललाइ सल्लाहकारमा चयन गरेको छ ।२१ सदस्यीय कार्यसमिति लाई विस्तार गर्दै चार जना नयाँ सदस्य थप गरि २५ सदस्यीय बनाएको छ ।

नयाँ थपिएका सदस्यहरुमा प्रकाश महरा, बिञ्जु खड्का, रञ्जिता डिसि र मिनराज शर्मा छन् ।साथै महेन्द्र याख्खाको संयोजकत्वमा खेलकुद विभाग समेत गठन गरिएको महासचिव ओमलाल ओलीले बताए । सेप्टेम्बर १५ तारिखमा सदस्य हरुको प्रमाण पत्र वितरण गरी संस्था उद्घाघाटन गर्ने र त्यसको लागि केन्द्रीय कार्यालयमा अतिथिलाइ निमन्त्रणा गर्ने समेत निर्णय गरिएको पनि महासचिव ओलीले बताए ।