सूचना प्रविधि

सिभिल बैंक लिमिटेडद्वारा दूर्घटना मृत्यु बीमाको दाबी

काठमाडौँ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता”मा आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटना मृत्युमा रु.सात लाख सम्मको बीमा सुबिधा प्रदान गरिएको थियो जसको लागी निश्चित रकम खातामा राख्नै पर्ने भन्ने बाध्यता छैन ।

सिभिल बैंकले “सम्मान बचत खाता“ खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु.सात लाखको चेक निजको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधि युक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।