सुदूरपश्चिम

सुत्केरी हुने महिलालाई यातायात खर्च

कञ्चनपुर,। समितिमा आबद्ध सदस्यका महिला गर्भवती भई प्रसूतिका लागि अस्पताल लैजानका लागि रु पाँच हजार बिनाब्याज रकम उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । आपत्कालीन रुपमा जुनसुकै बेला पनि सुत्केरी हुने महिलालाई रकम उपलब्ध गराउने व्यवस्था मिलाएको समितिका सचिवसमेत रहेका मङ्गलप्रसाद चौधरीले बताए । यस वर्ष पाँच सुत्केरी हुने महिलालाई सो रकम प्रदान गरिएको छ ।

यसैगरी, वैदेशिक रोजगारीमा जाने युवालाई समेत रु ५० हजारसम्म कोषबाट ऋणका रुपमा रकम उपलब्ध गराइँदै आएको रामआश्रय रानाले बताउनुभयो । हालसम्म २५ बढी युवाले कोषबाट रकम लिएर वैदेशिक रोजगारीमा गएका छन् ।