अन्तर्राष्ट्रिय

भारतमा सात माओवादी विद्रोही मारिए

नयाँ दिल्ली । भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन् ।

जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ ।

मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही बर्षदेखि द्वन्द्व सृजना भएको छ ।

सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण दशौ हजारको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।

छत्तिसगढ राज्यको राजधानी रायपुरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने राजनान्ड्गोन जिल्लामा रहेको माओवादी शिविरमा घटना भएको हो ।

“घटनास्थलबाट सात ओटा शव नियन्त्रणमा लिइएको छ,” नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिए ।

ती व्यक्तिका अनुसार सुरक्षाकर्मीहरुले माओवादी विद्रोहीका हातहतियार तथा अन्य बन्दोबस्तीका सामग्रीहरु पनि बरामद गरेका छन् ।