राजनीति

हुनमन्ते अभियानको बिरोध गर्नेहरुले एक दिन सफा पानी बगेको देखेपछि निहुरिएर हिँड्नुपर्छः नेता बस्नेत

भक्तपुर । ‘नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर नमूनाभक्तपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर नमूनाका रुपमा अगाडि बढेको बताएका छन् ।

आज हनुमन्ते सफाइ अभियानको ७५औँ हप्ताका अवसरमा हरियाली भक्तपुर बनाउने उद्देश्यले सूर्यविनायक नगरपालिका र वातावरण विभागले आयोजना गरेको वृक्षरोपण एवं हरियाली कार्यक्रममा उहाँले कुनै पनि देश सरकारको प्रयासबाट विकास हुन नसक्ने बताउँदै विकासलाई पूर्णता दिन र समृद्ध देश बनाउन सबै मिलेर गर्नुपर्ने बताए ।

उनले भने, “जनताले सोचेको कुरा, राजनीतिक दलले बोलेको कुरा र जनताको अपेक्षा अनुसारको विकास गर्न सबै मिलेर जानुपर्छ ।” देशको राजनीतिक परिवर्तनसँगै युगपरिवर्तन भएको चर्चा गर्दै उहाँले देश र जनताका धेरै आकांक्षा तथा आवश्यकता रहेका तर समय छोटो रहेकाले विकासमा आमदेशवासीको सहभागिता अनिवार्य रहेको औंल्याए ।

भक्तपुरको विकासले अन्य जिल्लालाई पनि प्रेरित गरिरहेको बताउँदै मन्त्री बस्नेतले सांसद महेश बस्नेतको नेतृत्वले सिङ्गो विकास अगाडि बढेको बताए । भक्तपुरलाई पर्यटकीय केन्द्र बनाउन र निर्माणाधीन प्राणी उद्यानलाई पूर्णता दिन सरकार अग्रसर रहेको उनले भनाइ राखे ।

सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको मनोहरा पुलदेखि सूर्यविनायकसम्म हरियाली क्षेत्र बनाउने अभियान आजबाट शुरु भएको बताए । उनले अरनिको राजमार्ग खण्डको मनोहरादेखि सूर्यविनायकसम्मको छ लेन सडककोबीच भागमा बिरुवा रोप्ने र दूबो लगाएर हरियाली बनाउने अभियान शुरु भएको बताए ।

हनुमन्ते सफाइ अभियानले मानिसको मन पनि सफा गरेको टिप्पणी गर्दै उनले अभियानको विरोध गर्ने हुनमन्तेमा एक दिन कलकल सफा पानी बगेको देखेपछि निहुरिएर हिँड्नुपर्ने दिन आउने चर्चा गरे। प्रदेश नं–३ का प्रदेश सभा सदस्य रजनी जोशीले विकासमा राजनीति गर्नु नहुने औल्याउँदै सबैको सहयोग र एक्यबद्धता हुनुपर्नेमा जोड दिए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हुनमन्ते सफाइ र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूनाको अभियान भएको बताउँदै यसबाट अन्य जिल्लालाई पनि प्रेरणा मिलेको बताए । मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, हनुमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेललगायतले सफाइ अभियानलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए ।