सामाजिक सञ्जाल

खगेन्द्र संग्रौला भन्छन्ः उनीहरु भन्न थालेका छन्, मोदीले आँट गरे राजा र हिन्दुराष्ट्र फर्किन्छ

काठमाण्डौ । लेखक खगेन्द्र संग्रौलाले लोकतन्त्र बाहिरकाले पठाएको र भित्रका डलर खानेहरुले ल्याएको भन्नेहरुले नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, आरक्षण, पहिचान जम्मै बाहिरकाले थोपय्रा हो, डलर खानेले ल्याको भन्ने गरेकाहरु नै अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँट गरेमा सबै हटेर राजसंस्था फर्कन्छ भन्न थालेका छन् । उनले यस्ता खालका विचारलाई मौलिकतावादी, राष्ट्रवादी, झर्रा नेपालीको संत्रा यिदएका छन् । संग्रौलाले राजनीतिक व्यक्ती तथा राजन्त्र चाहनेहरुलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, आरक्षण, पहिचानको विरोध गर्दै हिँड्नेहरुलाई कडा रुपमा ब्यंग्य गरेका छन् ।

संग्रौलाको लेखाई, ‘यी भन्थे–लोकतन्त्र बाहिरकाले थोपय्रा हो, भित्रका डलर खानेले ल्याको। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, आरक्षण, पहिचान जम्मै बाहिरकाले थोपय्रा हो, डलर खानेले ल्याको। अहिले यी भन्नथाले – मोदीले आँट गरे राजा र हिन्दुराष्ट्र फर्किन्छ। यी हुन् मौलिकतावादी, राष्ट्रवादी, झर्रा नेपाली !’