बाग्मती

भक्तपुरमा तरुण दलको वडा अधिवेशन सम्पन्न, यस्ता चुनिए नेतृत्व

भक्तपुर । नेपाल तरुण भक्तपुरले सुर्यविनायक नगरपालिका १० नं। वडा स्तरीय तरुण अधिवेशन चित्तापोलमा आज सम्पन्न गर्‍यो ।
प्रमुख अतिथि तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष एवं कांग्रेस केन्द्रिय सदस्य महेन्द्र कुमार यादव , विशेष अतिथि नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापा र तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङको उपस्थितिमा अधिवेशन सम्पन्न गरेको छ। शनिबार सम्पन्न भएको अधिवेशनसंगै तरुण दलले सुर्य विनायक नगरपालिकाको १ देखि १० नं वडा अधिवेशन सम्पन्न भएको बताईएको छ ।
नेपाली कांग्रेस भक्तपुर निर्वाचित वडा समिति,
निर्वाचित वडा अध्यक्षः–
१, श्री सुनिल थापा
२, श्री प्रकाश महर्जन
३, श्री मन्दिप थापा
४, श्री उज्वल राजथला
५, श्री शिव जोशी
६, श्री सविन देउजा
७, श्री दुर्गेन्द्र कोजु
८, श्री रबिन्द्र थापा
९, श्री भगवान खत्री
१०, श्री पारसमणि पाकुर लगायत पदाधिकारी, सदस्य, नगर प्रतिनिधि रहेका छन् । केन्द्रीय नेतृत्वको लागि अधिवेशन भएको २ बर्ष कट्दा पनि पुरा कमिटी नबनेपनि उक्त अधिवेशन भएको छ ।