मनोरञ्जन

सुरज र प्रतिक्षाको तीज गीत ‘टिनको वाकस’

काठमाण्डौ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुने क्रम तिव्र छ। दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन्। यसै बिचमा पृथक शैलीमा रहेको बिल्कुलै नयाँ तीज गीत ‘टिनको वाकस’ सार्वजनिक गरिएको छ।

प्रतीक्षा वाग्ले र सुरज सापकोटाको प्रस्तुती रहेको उक्त गीतमा तेजश रेग्मी र प्रतीक्षा वाग्लेको सुमधुर आवाज रहेको छ भने गीतमा लय र शब्द तेजश रेग्मीको रहेको छ।

गीतमा आशिष अविरलको एरेन्ज, एचवीएन किस्मतको मिक्सिङ रहेको छ। सुन्दा पृथक अनि नाँचौ नाँचौ लाग्ने गीतमा बर्दियाली मोडल सुनिल शाही , तेजश रेग्मी,पुजन घिमिरे र एलिना ठकुरीको नृत्य देख्न सकिन्छ। गायिका प्रतीक्षा वाग्लेको यस भन्दा अघि पनि तीज गीत र दोहोरि गीत सार्बजनिक भई सकेको छ।

इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा शिव बिकको कोरियोग्राफी तथा निर्देशन, अजय रेग्मीको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ।