समाचार

स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर गएका छन् । आज राति सिङ्गापुर जान लाग्नुभएको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराउनेछन् । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । यसअघि उहाँ नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्रीसँग उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानु हुने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।