लुम्बिनी

जलवायु अनुकूलन गर्न वनको संरक्षणः बोटबिरुवा रोप्न शुरु

लमही । दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वनले खाली जग्गालाई सामुदायिक बनाउन थालेको छ ।

सामुदायिक बनमा खाली रहेको १७ बिघा जग्गालाई वन बनाउनका लागि रुख रोप्न थालिएको छ । उक्त जग्गामा १५ हजार बिरुवा रोप्ने कार्य शुरु गरिएको सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए । “सामुदायिक वनको करीब १७ बिघा जग्गा खाली छ, त्यसमा रुख रोपेर वन बनाउन रुख रोप्न थालेका छौं”, उनले भने, “यसले वनलाई थप हराभरा बनाउने छ ।”

पछिल्लो समय वन विनाश हुँदा जलवायु परिवर्तन हुने भन्दै जलवायु अनुकूलन गर्न वनको संरक्षण गर्न लागिएको उनको भनाइ छ । उक्त खाली जमीनमा साल, सिसौ, खयर, जामुन, सिमललगायतका बिरुवा रोप्न शुरु गरिएको हो ।