राजनीति

भारतका शक्तीसाली विदेशमन्त्री जयशंकर नेपाल आउँदै, ओली सरकार सशंकीत

काठमाण्डौ । भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने भएका छन् । ०७२ साल असोज ३ गते बनेको संबिधानलाई केही समय रोक्न भूमिका खेलेर नोपलीहरुकाबीच आलोचित बनेका जय शंकर अगष्टको अन्तिम साता नेपाल आउन लागेको समाचार छ । नेपाल भारतको संयुक्त बैठकमा भाग लिन तथा दोस्रो कार्यकालको नरेन्द्र मोदीको नेपाल भ्रमणको व्यवस्थापन मिलाउन विदेशमन्त्री जयशंकर नेपाल आउन लागेको बताईएको छ ।

नेपाली कााग्रेसका तत्कालीन सभापति शुसील कोईराला प्रधानमन्त्री भएका बेला काँग्रेस, एमाले र माओबादी केन्द्र लगायतका राजनीतिक दलहरुको सहमतीमा संबिधान घोषणा हुनेबेला भारतले संबिधान जारी रोक्न दबाब दिनेस्वरुप जयशंकरलाई नेपाल पठाएको थियो । जयशंकर दिल्ली एयरपोर्टबाट सीधै काठमाण्डौ एयरपोर्ट हुंदै प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । उनले संबिधान रोख्ने प्रयास गरेपनि तत्काली प्रधानमन्त्री शुसील कोईरालाले उनको दबाबलाई स्वीकारेनन् ।

नेकपा नेतृत्वको ओली सरकार जयशंक नेपाल आउने भएपछि भारतले सरकार ढाल्न रणनीति शुरु गरेको हो कि भन्ने भयले शसंकीत भएको सरकारका मन्त्रीहरुको अभिब्यक्तीे देखाउछ । परराष्ट्रमन्त्ती प्रदीप कुमार ज्ञवालीले केही दिन अगाडी त्यस्तै अभिब्यक्ती दिएका थिए ।

अहिलेसम्म भारतले नेपालको संबिधानलाई खुलेर स्वागत गरेको छैन । नेकपा नेतृत्वको दुईतिहाई सरकारलाई दबाब दिन जयशंकर नेपाल आएको हुनसक्ने समेत राजनीतिक बिश्लेशकको ठम्याई छ । पछिल्लो समय जयशंकर भारतमा झनै शक्तीसाल्ी भएका छन् ।