पु.समाचार

पहिराले दोलखाको गौरीसंकरमा १० घर बगायोः एक बेपत्ता

दोलखा । भारि वर्षा पछि आएको पहिरोले गौरीशंकर गाउँपालिकामा १० घर बगाएको छ । शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो जाँदा १० वटा घर भत्किएको छ भने एक व्यक्ति व्यपक्ता रहेको बताईएको छ ।

पहिरोमा परि आफन्तकोमा आएका जगतबहादुर खत्री सम्पर्कवीहिन रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । साथै अन्य व्यक्तिले भागेर ज्यान जोगाएका छन् । १० मध्ये ९ वटा घर बस्नै नमिल्ने गरी भत्किएको स्थानीयले बताएका छन् ।

खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो गएकाले प्रहरीको टोली प्रभावित ठाउँमा पुग्न नसकेको प्रहरीले जनाएको छ । मुलुकमा आएको विभिन्न वाढी तथा पहिरोले धेरै जन धनको क्षती भएको छ ।