खेलकुद

भ्रष्टचारको आरोपीत मेस्सी तीन महिना अन्तराष्ट्रिय फुटबलब खेल्न नपाउने

एजेन्सी । अर्जे्न्टिनी स्टार लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लगाएका मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाईएको हो ।

३२ बर्षका अर्जे्न्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भिर आरोप लगाएका थिए । उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खादै मैदान बाहिरिएका थिए । सो खेल अर्जे्न्टिनाले २–१ ले जितेको थियो । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसंगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ । मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् ।

प्रतिबन्धसंगै मेस्सीले अर्जे्न्टिनाले चिली, मेक्सिको र जर्मनीविरुद्व सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण फुटबल गुमाउनेछन् । अर्जे्न्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट सुरु गर्नेछ । कोपा अमेरिकामा अर्जे्न्टिना सेमिफाईनलमा आयोजक ब्राजिलसंग २–० ले हारेको थियो ।

सो क्रममा अर्जे्न्टिनी फुटबल संघले मैदानको बिषयलाई लिएर गम्भिर आलोचना व्यक्त गरेका थिए । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ । तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी ३७ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । अन्तिममा उनले पदक लिन समेत अस्विकार गरेका थिए ।