अन्तर्राष्ट्रिय

मोदीको भ्रमणको तयारीका लागि जयशंकर चीन जाने

एजेन्सी । भारतका विदेश मामिला मन्त्री एस. जयशंकरले यसै महिना चीनको भ्रमण गर्नेभएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङको भेटवार्ताको तयारीका लागि उनि बेइजिङ जान लागेका हुन ।
उनिहरुबीच यसअघि गत बर्षको अप्रिलमा एक शिखर सम्मेलनमा सहभागी हुन उहानमा गएका बेला अनौपचारिक भेटवार्ता भएको थियो ।

“दुवै पक्ष अहिले पनि कुटनीतिक संयन्त्र मार्फत सम्पर्कमै रहेका छन्, उनीहरुले दुई शिर्ष नेताको भेटवार्ताको स्थान र मिति तय गर्न लागेका छन,” विदेश मामिला मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । भ्रमण सम्वन्धी विस्तृत विवरण जयशंकरको चीन भ्रमणपछि मात्रै सार्वजनिक हुने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।