अन्तर्राष्ट्रिय

लिबियाको तटीय क्षेत्रबाट ७५ गैरकानूनी आप्रवासीको उद्धार

त्रिपोली । लिबियामा ७५ जना गैरकानूनी आप्रवासीलाई देशको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरिएको छ । दुई दिनमा ती ७५ गैरकानूनी आप्रवासीकोे उद्धार गरिएको लिबियाली गृह मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

लिबियाको राजधानी त्रिपोलीबाट १ सय २० किलोमिटर पश्चिममा रहेको जुवारा शहरबाट बुधबार ४७ जना र बिहीबार २८ जनाको उद्धार गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत जुलाई २६ मा पूर्वी त्रिपोलीबाट ६० जना गैरकानू्नी आप्रवासीको शव लिबियाली रेड क्रेसेन्टले निकालेको थियो । एसियाली र अफ्रिकी मुलुकका नागरिकले अवैध रुपमा युरोप प्रवेश गर्न लिबियाको बाटो रोज्ने गरेका छन् ।