आर्थिक

वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिइने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने भएको छ । स्टकको उक्त निर्णयपछि लामो समयदेखि शेयर बजारमा माग हुँदैआएको र लगानीकर्तालेसमेत लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन हुने भएको छ ।

‘धितोपत्र दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिश कार्यविधि, २०७६’ बमोजिम तोकिएका मापदण्ड पूरा भएका वाणिज्य बैंकका सहायक कम्पनीलाई उक्त अनुमतिपत्र प्रदान गरिने स्टकले जनाएको छ । स्टकले १५ दिनभित्र रु पाँच हजार निवेदन दस्तुर तिरेर आवेदन दिन आग्रह गरेको छ ।