प्रवास

दक्षिण कोरीयामा चलचित्र ए मेरो हजुर तीनको उत्साहपुर्ण ब्यापार

दक्षिण कोरीया । गत बर्षको २९ चैतबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले दक्षिण कोरीया राम्रो ब्यापार गरेकोछ।नेपालीहरुको बाक्लो सहभागिता रहेको देश दक्षिण कोरीयामा उत्साहपुर्ण दर्शक सहभागिता सगै चलचित्रले ब्यापार पनि राम्रो गरेको आयोजकहरुले बताएका छन । हाल सम्म दक्षिण कोरीयाका मुख्य आठ शहरमा चलचित्र प्रर्दशन गरेको जनाएको छ । सबै हलहरुमा नेपाली दर्शकहरुको कारण हाउसफुल भएको चलचित्रका सहयाक निर्माता सरोज सुब्बाले बताए । राजधानी सौल बाट सुरु भएको चलचित्र प्रदर्शन कोरीयाका किमे,फेन्तेक,बुसान,थेजन आदी स्थानमा प्रदर्शन भएको छ भने अन्य ठाउमा पनि फिल्म प्रर्दशनको लागी माग भैरहेको सुब्बाले बताए । कोरीयामा कार्यरत विभिन्न नेपाली सामाजिक सघं सस्थाहरुले समुन्वय गरेर फिल्म प्रर्दशन हुदै आएको छ । व्यवसाय राम्रो गर्न सफल भएको यो फिल्मले प्रदर्शनको करिब चार महिना सम्म करोडौको ब्यापार गरि सकेको छ ।

चलचित्र बाट उठेको रकम परोपकारी कार्यमा
हामी नेपाली ग्लोबल दक्षिण कोरीयाकी अध्यक्ष एवम फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति सल्लाहकार समाजसेवी अम्बिका डिसि पार्कले चलचित्र बाट जम्मा भएको केही रकम समाज सेवामा खर्चिने बताइन । हामीले फेन्तेकमा कामको खोजीमा रहेका तथा भर्खर नेपाल बाट आएका महिला दिदी बहिनीहरुको लागी बसाइ सहज होस भनेर सो रकम त्यसमा ब्यवस्थापन गर्ने छौ अम्बिकाले भनिन । चलचित्र धेरै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुले रुचाएको र अपेक्षा भन्दा बढि दर्शकको सहभातिा रहेको उनको प्रतिक्रिया रहेको छ । यस्तै काभ्रे रोशी गाउँपालिका ३ की दुबै मृगौला पीडित मिना तामाङको उपचारको लागि तामाङ समाज ख्यङसाङ नाम्दो समाज दक्षिण कोरियाले चलचित्र बाट संकलन भएको नेपाली दुई लाख सहयोग गरिसकेको छ ।
अन्य सघ सस्थाहरुले पनि नेपालमा आपत विपत परेका तथा कोरीयामा पनि आपतमा परेकाहरुको लागी खर्चिने बताएका छन । फिल्म ‘ए मेरो हजुर–३’मा अनमोल केसी, सुहाना थापा, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाललगायत कलाकारको अभिनय रहेको छ ।यसै फिल्मबाट अभिनेत्री तथा निर्देशक झरनाकी छोरी सुहानाले डेब्यु गरेकी हुन् । आफ्नो डेब्यु फिल्ममै अनमोल केसीसँग स्क्रिन सेयर गर्ने अवसर पाएकी सुहानालाई फिल्ममा रुचाइएको छ ।