राजनीति

गरिव जनताको पसिना चुस्ने परजिवी र भ्रष्ट नेतालाई जेल नहाले देश बन्दैनः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले राजनीतिक दलका भ्रष्ट नेताहरु परजीवी भएको दाबी गरेका छन् ।

नेबिसंघ कृषी तथा वन बिज्ञान विश्वविद्यालय रामपुर चितवनको कार्यक्रममा बोल्दै नेता गुरुङले परजीवीले गरीब जनताको रगत र पसिना चुसेर जनतालाई दुःख दिइरहन्छ भनेका छन्। उनले त्यस्ता परजीवी भ्रष्ट नेताहरुलाई जेल नहालेसम्म जनताले सुख नपाउने भन्ने नेता गुरुङको दाबी छ ।

उनले भनेका छन्, ‘राजनीतिक दलका भ्रष्ट नेताहरु परजीवी हुन्। जसले गरीब जनताको रगत र पसिना चुसेर जनतालाई दुख दिइरहन्छ। त्यस्ता परजीवी भ्रष्ट नेताहरुलाई जेल नहालेसम्म जनताले सुख पाउँदैनन्।’