गण्डकी प्रदेश

अस्पतालको सहयोगमा विषादीयुक्त खानेकुराका सम्बन्धमा सचेतना

पोखरा। विषादीयुक्त खानेकुराको असर र यसको निराकरणका सम्बन्धमा विषयमा आज यहाँ सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

क्षेत्री समाज पोखरा–१६ द्वारा ग्रिन नेपाल र सत्यनाम अस्पतालको सहयोगमा बाटुलेचोरका गृहिणीलाई लक्ष गरी सो कार्यक्रम आयोजना गरिएको हो । मिसावटयुक्त खाना विषादी हालिएका खानाका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता खानेकुराबाट आपूmलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे जानकारी गराइएको थियो ।

उक्त समाजका केन्द्रीय सल्लाहकार उदयबहादुर बस्नेतले समयको बदलिँदो परिवेशमा जनस्वास्थ्यका विषयमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।

उक्त समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कृषिविज्ञ वेनीबहादुर बस्नेतले विषादीयुक्त खानेकुराले मानव स्वास्थ्य मात्र नभई प्रकृतिमै पनि असर पार्ने भएकाले यसको निराकरण हुनु आवश्यक रहेको बताए ।