पु.समाचार

कुटाकुट चल्दा महतोको आक्रमणमा परि पूर्णबहादुरको गयो ज्यान

जावलाखेल । ललीतपुरको नख्खु कारागारमा कैदीबनदीबीच भएको सामान्य बिबादमा परी एकजाना कदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा जेल सजायमा परेका पूर्णबहादुर राजी र पवन कुमार महतोबीच झगडा हुंदा राजीको निधन भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता विश्वजराज पोख्रेलका अनुसार अस्पतालमा उपचारका क्रममा राजीको निधन भएको हो ।

राजीलाई महतोले बिछ्याईएको ब्लकले हानेपछि उपचारको लागि अस्पताल लगिएको थियो । उनीहरु केहीबेर अगाडीसम्म मिलेर बसेको अन्य कैदीबन्दीले बताएका छन् ।

महतोलाई ललीतपुर प्रहरी परिसर लगिएको जिल्ला प्रहरी प्रवक्ता नारायन चिमोरियाले बताए । उनले अनुसंधान भएपछिमात्र अन्य कुरा थाहा हुने जानकारी दिए ।