प्रवास

म कुनै गुट उपगुटको होईन, काँग्रेसको ईमान्दार सिपाहीँ हुँः डा कोईराला

कोपनहेगन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा शेखर कोईरालाले आफू कुनैपनि गुटउपगुटमा नभएर नेपाली काँग्रेसको सिपाहीँ भएको बताएका छन् । नेपाली जनसम्पर्क समिती डेनमार्कले कोपनहेगनमा आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै डा कोइरालाले नेपाली काँग्रेसले आफ्नो गुटको भन्दा पनि क्षमता, ईमान्दारीता अनुभवको आधारमा जिम्मेवारी दिनुपर्ने बताउँदै १४ औं महाधिवेशन समयमै गनुपर्ने विचार व्यक्त गरेका छन् । उनले आफू देश र जनताको अधिकारका लागि लोकतन्त्र बचाउन जिवनभर लागिरहने प्रण समेत गरेका थिए ।

केहीदिन अगाडी बिभिन्न कार्यक्रममा भागलिन डेनमार्क प्रसथान गरेको प्रभावशाली नेता डा कोईरालाको अगस्ट–१: रोम, इटाली (गैरआवासिय नेपाली संघ, युरोपको सम्मेलन), जुलाई–३१ः कोपनहेगन–डेनमार्क, अगस्ट–७ः ब्रसेल्स, बेल्जियम लगायतका महत्वपूर्ण कार्यक्रम बनेको सचिवालयले जनाएको छ ।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बीरेन्दै सिंह कार्की, जनसम्पर्क समिति डेनमार्क संथापक सभापति नविनराज पौडेल, पुर्व सभापति त्रिलोचन सापकोटा, रामचन्द्र पाठक, नबिन आचार्य, पुर्ब उपसभापति प्रकाश ढकाल, महामन्त्री यादब बस्नेत, महासमिति सदस्य बुद्धि सापकोटा, नील बिक्रम थापा, शैलु अधिकारी, हेम अर्याल, प्रतिक सुब्बा लगायतका स्थानीय रुपमा बसोबास गर्ने नेता तथा समाजसेवीहरुले महव्तवूर्ण विचार राखेको आयोजकले बताएको छ ।