राजनीति

सभापति देउवा र डा शेखरको निवेदनमा कारबाही गर्ने आँट होला र अनुशासन आयोगको ? छैन !

काठमाण्डौ । नेपाली काँग्रेसका शक्तीसाली पद सभापति शेरबहादुर देउवा र प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालालाई कारबाही गर्न भन्द्र अनुशासन आयोगमा उजुरी परेको छ । सभापति देउवाले गत स्थानीय तहको निर्बाचनमा भरतपुमा मेयरकी उमेर्द्वार पुष्पकमल दहालकी सुपुत्री रेणु दहाललाई मतदान गर्न सार्बजनिक अपील गरेकोमा कारबाही गर्नुपर्ने माग गर्दै अनुशासन आयोगमा उजुरी परेको बताईएको छ भने प्रभाबशाली नेता डा कोईरालाबिरुद्ध क्रियाशील सदस्यता लिएको लगायतार १० बर्ष नभएपनि प्रभावका आधारमा काँग्रेसको केन्द्रीय सदस्य बनेकोमा कारबाही गर्नुपर्ने माग छ ।

कारबाहीका लागि कसले निबेदन हाल्यो भन्ने जानकारीमा नआएपनि कारबाहीका लागि निबेदन परेको काँग्रेस केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले स्वीकारेका छन् । अनुशासन आयोगमा सयौं नेता कार्यकर्ताबिरुद्धमा कारबाहीका लागि निबेदन परेका छन्, छानबिन गरी आवश्यक देखेमा आयोगले कारबाही गर्नुपर्ने पार्टीको बिधानमा उल्लेख छ । केहीदिन अगाडीमात्र केही दर्जन नेता कार्यकर्तालाई काँग्रेसका आधिकारीक साँसदलाई हराउन भूमिका खेलेको भन्दै कारबाही गरेको अनुशासन आयोगले उपल्लो स्तरका नेतालाई कारबाही गर्ने हैशियत राख्न नसक्ने राजनीतिक विश्लेशकहरुको दाबी छ ।

अनुशासन आयोगको संयोजकमा केन्द्रीय सदस्य भीष्मराज आङ्दाङ्वे छन् । उनी हक्की स्वभावका नेतामा परेपनि पार्टी सभापति र अन्य प्रभावशाली नेतालाई कारबाही गर्दै गए पार्टी नै दशौं टुक्रा हुनसक्ने हुंदा हेरेर साना पदका लाईमात्र कारबाही गर्ने सम्भावना रहेको नेकपाली कााग््रेसका एक केन्द्रीय सदस्यले बताए ।