आर्थिक

सनराइज बैंक तथा महिला चेम्बरबीच सहकार्य

काठमाडौं । सन्राइज बैंक तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफकमर्शबीच ब्यापार साझेदार सम्झौता हस्ताक्षर भएको छ ।
सो सम्झौतापत्रमा सन्राईज बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष श्रीमती उर्मिला श्रेष्ठ ले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात् महिला चेम्बर अफकमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फवाट “Advisory Services on Banking, Accounting and Taxation” सम्बन्धित विविध कार्यक्रमहरु आयोजनागरि जानकारी उपलब्ध गराइने छ । साथै, संघमा आवद्ध महिला आयात/निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ¨ सुविधाबारे जानकारीमुलक कार्यक्रमगरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।