समाचार

यसरी वढ्दै छन् बलात्कारका घटना, ०७६ मा मात्रै भए झण्डै हजार मुद्धा दर्ता

काठमाडौं । मुलुकमा पछिल्लो समय जवरजस्ती करणीका घटना डरलाग्दो अवस्थामा बृद्धि भईरहेको छ । यस वर्षमा मात्रै मुलुकभर जबर्जस्ती करणीका झण्डै एक हजार ८ सय ७३ मुद्दा दर्ता भएका छन । साथै गएको वर्षको तुलनामा जबरजस्ती करणीका घटनामा धेरै नै वृद्धि भएको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।  मुलुकमा पछिल्लो समय करणीका घटना डरलाग्दो स्थितीमा वढ्न थालेका छन । आफ्नै नाता–पाता पर्ने व्यक्तिवाटै महिला– बालिका बलात्कामा परिरहेका छन । नाबालीका देखी लिएर वृद्ध महिला समेत बलात्कामा परिरहेको घटना दैनिक जसो सार्वजनीक भैरहेका छन ।

आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५÷७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आर्थिक २०७३÷७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताएका छन । प्रहरीले यसो भनिरहँदा यति मात्र नभएर घटनामा पनि बृद्धि भएको हो भन्न सकिन्छ ।

कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताएका छन ।हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ”, उनले भने । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे उनको भनाई छ ।

जबर जस्ति करणीका घटनामा संलग्न केहि अपराधी तत्कालै पक्राउ प्रहरी सफल भएपनि केहि अपराधी भने घटना घटेको वर्ष दिन वित्दासमेत खुलेआम घुमीरहेको र पिडीतले न्याय पाउन नसकेको अवस्था छ । यस्तै उदाहारणको घटना बनेको छ कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार तथा हत्याकाण्डको । हत्या भएको पुरा एक वर्ष भैसक्दा पनी हत्यारा अझै पक्ता लाग्न नसक्ना पीडितले न्याय पाउन सकेको छैन ।

उक्त हत्याकाण्डको विषयमा विभिन्न अनुसन्धान समीति गठन भई अनुसन्धान गरियतापनि अपराधि सम्म आजा सम्म पक्ता लाग्न सकेको छैन । यो विषयमा सडक देखी सदन सम्म ताते पनि कुनै उपलब्धी हुन सकेको छैन । सरकारका लार्पवाहिका कारण निर्मला जस्ता तमाम चेलिले अँझै न्याय पाउन सकेका छैनन् । बलात्कार जस्ता जघन्य अपराधका घटनामा फितलो नियम कानुनका कारण पनि यस्ता घटनामा उच्च वृद्धि भईरहेको छ ।