समाचार

सृङखलावद्ध रुपमा वडा कार्यालयमा आगजनीः कालिका नगरपालिकाको वडा कार्यालय ध्वस्त

काठमाडौं । मुलुकमा विगत केहि दिनदेखी अज्ञात समुहले विभिन्न वडा कार्यालय सृङखलाबद्ध रुपमा आगजनी गरीरहेकोे घटना सार्वजीन भैरहेका छन । तर आगजनी किन र कस्ले लगाएको छ भन्ने बारेमा प्रहरी अँझै अनजान रहेको छ । यसैक्रममा चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी भएको छ ।

वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ ।

कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टीकाराम रिजालले  जानकारी दिएका छन । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो । आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।