खेलकुद

ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा सोमपालको होक्स पराजित

काठमाडौं । ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा नेपालका राष्ट्रिय टिमका सदस्य सोमपाल कामी सम्मिलित रहेको विनिपेग होक्सले हार ब्यहोरेको छ ।

बिहिबार राति भएको खेलमा होक्स टोली ब्राम्प्टन वुल्भ्ससंग ७ विकेटले हारेको हो । विश्वकप छनोटको खेल सकेर क्यानडा पुगेका सोमपाल भने प्लेईङ सेटमा पर्न असफल रहे । उनले पहिलो विदेशी लिगको फ्रेन्चाईज खेलमा डेब्युका लागि अझै केही समय पर्खनुपर्ने देखिएको छ ।

सुरुवाती ब्याटिङ गरेको होक्स १८ दशमलव ५ ओभरमा १ सय १६ रनमा अलआउट भयो । साइमान अनवरले ३१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । पुछारका ब्याट्सम्यान कलिम सानाले २७ र सन्नी सोयलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् । वुल्भ्सका रोहन मुस्तफा, इस सोधी, सहिद अफ्रिदी र जाहोन खानले समान २(२ विकेट लिए । सेसिल परवेजले एक विकेट लिए ।

१ सय १७ रनको सामान्य लक्ष्य सहित मैदान उत्रिएको वुल्भ्सले १४ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । कप्तान कोलिन मुन्रोले अविजित ५३ रन बनाउदै टिमको जित निश्चित गरेको थिए । बाबर हायातले नटआउट ३७ र ओपनर लेन्डी सिमोन्सले २२ रन बनाएका थिए । होक्सका मोहमद इरफानले सर्वाधिक २ विकेट लिएका थिए ।

जितपछि उल्भ्स ३ खेलमा सतप्रतिसत नतिजा सहित ६ अंक बटुलेर तालिकाको शीर्ष स्थानमा छ । हक्स ४ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ