खेलकुद

जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट शुरु

भक्तपुर । भक्तपुर जिल्ला फुटबल सङ्घको आयोजनामा जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।

लिगमा सिद्धि गणेश खेलकूद समिति, बासुकी युवा क्लब, नेपालय, ख्वप युनाइटेड, भक्तपुर डिलाइट क्लब, भक्तपुर नगरपालिका, भक्तपुर युवा टिम, रियल फुटबल क्लब, भक्तपुर युथ फुटबल क्लब र स्विट्स सर्कल सहभागी रहेको सङ्घका उपाध्यक्ष रामकृष्ण प्रजापतिले जानकारी दिए ।

आजको खेलमा सिद्धि गणेश खेलकूद समितिले बासुकी युवा क्लबलाई ८–२ गोलले विजयी भयो । यस्तै नेपालय र ख्वप युनाइटेडबीचको खेलमा नेपालय ४–१ गोलले विजयी भयो । शुक्रबार भक्तपुर डिलाइट क्लब र भक्तपुर नगरपालिकाबीच तथा रियल फुटबल क्लब र भक्तपुर युथ फुटबल क्लबबीच हुने प्रतियोगिताका संयोजक सुनिल प्रजापतिले बताए ।