आर्थिक

सिप्रदीले नेपालमै पहिलो टाटा मोटर्स कार्निभल आयोजना, कार्निभलको शुभारम्भ

काठमाण्डौं । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिइ यहि २०१९ अगस्ट १ विहान ११ बजे देखि बेलुका ७ बजे सम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा आयोजना सुरु गरेको छ ।

नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालकालागि टाटा मोटर्स को एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग हो । यस अघि पनि सिप्रदी ट्रेडिङ्गले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसको छैठौं संस्करण सम्म आयोजना गरिसकेको छ । टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने एक्स्पोबाट टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ । बिशेष गरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडि हेर्न र किन्नका लागि यो कार्यक्रमको बिशेष प्रतिक्षा रहन्छ, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भइ लाभ लिन्छन् ।

यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । उक्त कार्यक्रममा धेरै कुराहरुको लाभ लिन सकिने समेत आयोजकले बताएको छ ।

यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । यो कार्यक्रम मार्फत १५०० देखि २००० ग्राहक आगमनको अपेक्षा रहेको उनले बताए ।

यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेको भन्दा आकर्ष छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्गका सि.इ.ओ राजनबाबु श्रेष्ठ बताउछन् ।