शिक्षा

संस्कृति स्कुल आईपीसी अक्रेडिटेशन प्राप्तगर्ने दक्षिण एशियाकै पहिलो

काठमाडौं । संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्रा्ष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यताप्राप्तगर्ने दक्षिण एशियाकै पहिलो विद्यालयबन्न सफलभएको छ ।

यो मान्यता फिल्डवर्क एजुकेशन युकेले त्यस्ताविद्यालयहरुलाई प्रदानगर्दछ जसले व्यक्तिगतसिकाईलाई प्रोत्सहानगर्न र स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिलगर्न विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम अनुसरण गर्दछ । विश्वभरका ९२ वटा देशमा ७३० भन्दा बढि विद्यालयहरुले पालनागर्ने आईपीसीको आधिकारिक अक्रेडिटेशन हालसम्म १७ वटा विद्यालयले मात्रप्राप्त गरेका छन् र संस्कृति इन्टरनेशनल स्कुलती १७ विद्यालय मध्यको एक हो ।

आईपीसी अक्रेडिटेशनकालागि विद्यालयले फिल्डवर्क एजुकेशनको कठिन आत्म–समिक्षा प्रक्रिया, अक्रेडिटशेन प्राप्तगर्न टोलीको भ्रमण र अध्ययनमा केन्द्रित र निरन्तर सुधारको बाह्य प्रस्तुतीलाई पार गर्नुपर्दछ ।

संस्कृति इन्टरनेशनल स्कुलले अध्ययनलाई सुधार गर्न इन्टरनेशनलअर्ली इयर करिक्युलम (आईईवाईसी), इन्टरनेशनलप्राइमेरी करिक्युलम (आईपीसी), इन्टरनेशनल मिडल इयर करिक्युलम (आईएमवाईसी) का सर्वाेत्कृष्ट विधिप्रयोग गरि राष्ट्रिय पाठ्यक्रमसँग सफल परिमार्जन गरिरहेको छ । यसको सहयोगले नै संस्कृति इन्टरनेशनल स्कुलले विद्यार्थीको नेतृत्वदायी क्षमता तथा बालबालिका केन्द्रित अध्ययन मार्फत परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।

संस्कृति इन्टरनेशनल स्कुलका अध्यक्ष रञ्जीत आचार्यले भने, “हामी फिल्डवर्क एजुकेशन, युकेद्वारा प्रतिष्ठित आईपीसी अक्रेडिटेशन प्राप्तगर्न पाउँदा निकै प्रसन्न छौं । विश्वका १७ वटा आईपीसी युकेबाट मान्यताप्राप्त विद्यालयमध्ये एक हुन पाउनु नेपालमा हामी सबैका लागि गर्वको क्षण हो । संस्कृतिको लिडरसिप टिम र सम्पूर्ण शिक्षण कर्मचारीहरुले यो मान्यताप्राप्तगर्न अथक प्रयास गर्नुभएको छ । पहिलो दशकमै समग्र दक्षिण एशियामै यो मान्यताप्राप्तगर्ने पहिलो अन्तर्रा्ष्ट्रिय स्कुलबन्नपाउनु संस्कृतिकालागि निकै ठुलो उपलब्धी हो ।”

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक दिप्ती आचार्यले भनिन्, “म अत्यन्तै खुसी छु र गर्व गर्दछु कि संस्कृतिलाई प्रतिष्ठित आईपीसी मान्यता प्रदान गरिएको छ । हामीले ५ वर्ष अगाडि चालेको यो कदम विद्यार्थीहरुकालागि मात्र नभएर शिक्षक र विद्यालयलाई समेत लाभ भएको छ ।