मनोरञ्जन

‘मिस्टर वल्र्ड’मा भाग लिन रायमाझी फिलिफिन्स् जाने, नेपालीका लागि गौरव

काठमाण्डौ । फिलिपिन्सको राजधानी मनिलामा यही साउन २१ गते हुने ‘मिस्टर वल्र्ड २०१९’ को दशौँ संस्करणमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझीले नेपालको प्रतिनिधित्व गर्नेभएक छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालका कार्यकारी प्रमुख अर्चना थापाले विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिसँग हुने उक्त प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने विषय सम्पूर्ण नेपालीका लागि गौरव भएको बताईन् । उक्त प्रतियोगितामा १७ वर्षदेखि ३० वर्षसम्मका युवा सहभागी हुने छन् ।

उक्त कार्यक्रममा रायमाझीले नेपाली वेषभूषाका साथै कला संस्कृतिको अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उक्त प्रतियोगितामा सगरमाथा, हिन्दूशास्त्र, बौद्धतन्त्रका महत्वबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउने र भैरव नृत्य गर्ने कार्यक्रम छ ।

युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सन् २००१ देखि सञ्चालित मिस्टर नेपालमा सहभागीलाई प्रतिस्पर्धीलाई क्षमता उजागर, नेतृत्वदायी क्षमता, राष्ट्रिय गौरवका विषयवस्तुबारे जानकारी गराइन्छ । मिस्टर नेपाल युवाको बौद्धिकता र व्यक्तित्वका आधारमा गराइने पुरुष ट्यालेन्ट पेजेन्ट हो ।

बानेश्वर निवासी रायमाझी सन् २०१७ का विजेता हुनुहुन्छ । मिस्टर नेपाल २०१९ का लागि नयाँ आवेदन खुला गरिएको जनाइएको छ ।