समाचार

बाढीपहिरोको विपत्तीमा परेकाहरुलाई उद्धार र पुनःस्थापनाका लागि सहयोग गर्न प्रधानमन्त्रीको अपील

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गरेका हुन् ।

चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुनःस्थापनाका लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्रीले विपत्तीमा परेका बेला सबैले सहयोग गर्नुपर्ने भन्दै सहयोगी हातहरु अगाडीबढाउन अपील गरेका छन् । अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको बताएका छन् ।