प्रवास

एनआरएनए निर्वाचनको लागि डेमोक्रयाटहरु एकजुट

क्यानडा। आगामी अगस्टमा सम्पन्न हुन गैरहेको एनआरएनए निर्वाचनमा आफ्नो पक्षमा चुनावी नतिजा हात पार्न नेपाली जनसम्पर्क समिती क्यानडाले बृहत र एकताबद्द्ध प्रयास थालेको छ । अभियान स्वरुप गत हप्तामात्र विभिन्न समुहमा छरिएर रहेका डेमोक्रेटिक उम्मेदवार र मतदाताहरुलाई एकजुट बनाउने र निर्वाचनका लागि लागिपर्नेमा सबै एकमत भएका छन् ।

विगतमा विभिन्न समुहमा बिभक्त हुदा निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसकेको निस्कर्स सहित आगामी निर्वाचन साझा र एकताबद्द्ध रुपमा निर्वाचनमा होमिएको जनसम्पर्क समिती क्याणडाका सभापति बुद्धिप्रकाश ओलीले जानकारी दिए । ब्रयमटन सिटिमा सम्पन्न उक्त एकता भेलाले निर्वाचन परिणाम हातपार्न कुनै कसर बाकी नराख्ने र प्रचारप्रसार र आवस्यक अन्य व्यबस्थापकिय कार्यलाई पनि एकसाथ अगाडि बडाउने निर्णय गरेको बताईएको छ ।

उक्त भेलामा विभिन्न ४ समुहमा रहेका उम्मेदवार तथा मतदाताहरुले साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । आगामी निर्वाचन परिणामका लागि मन वचन र कर्मले दत्तचित्त भएर लागीपर्नेमा सबैले दृढता व्यक्त गरेका छन ।