राजनीति

गगनको उपस्थितमा सम्पन्न भयो मानवअधिकारको साधारणसभा (विजयी नामहरु)

काठमाण्डौ । मानव अधिकार तथा शान्ति समाज काठमाण्डौँ शाखाको २२ औँ जिल्ला साधारण सभा बुधबार नयाँ नेतृत्व चयन गर्दै काठमाण्डौँमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले गरेका थिए भने विशिष्ठ अतिथि प्रदेश सभा सांसदहरु नरोत्तम वैद्य र छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकको मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, उपमेयर विन्दु पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

काठमाण्डौँ शाखाका का.वा. सभापति जगन्नाथ पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनालले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी कार्यक्रमको सञ्चालन काठमाण्डौ शाखाका सदस्य ईश्वर पुडासैनीले र स्वागत मन्तव्य काठमाण्डौँ शाखा सदस्य नानीकाजी गिरीले गरेका थिए ।

कार्यक्रमका दौरान ३५ जना शान्ति समाजको आजीवन सदस्य बन्ने । नयाँ आजीवन सदस्य हरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
साधारण सभाको दोश्रो सत्रमा जिल्ला शाखाको तर्फबाट इश्वरा लिङदेनले शाखाको गतिविधि सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष विष्णु खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै बन्द सत्रले जगन्नाथ पुडासैनीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ जुन निम्न बमोजिम छः

जगन्नाथ पुडासैनी सभापति
नानीकाजी गिरी उपसभापति
ईश्वर पुडासैनी सचिव
ईश्वरा लिंदेन सहसचिव
दुर्गा रानामगर कोषाध्यक्ष
राम सुधार महतो सदस्य
रमेश प्रसाद वराल सदस्य
उमा गोतामे सदस्य
प्रिति रमण सदस्य
विकास थापा सदस्य
रमेश कुमार वराल सदस्य
तारा रसाइली सदस्य
दिवाकर पुडासैनी सदस्य
सुरज कुमार वोहरा सदस्य
भगवान पुडासैनी सदस्य