राजनीति

प्रतिनिधिसभाको अवरोध हटाउन सभामुखले डाके सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधिसभाको पटक–पटकको बैठक अबरुद्ध हुँदै आएपछि उक्त अवरोध हटाउन सभामुख महराले सर्वदलीय बैठक डाकेका छन ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाको अवरोधका कारण केहिदिनदेखी प्रतिनिधिसभाको वैठक बस्नै नसकेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आज मध्यान्ह १२ वजे सर्वदलीय वैठक आह्वान गरेको उहाका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन ।

हिजो कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग बिरोध गरेपछि संसद बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सर्लाहीमा विरोध प्रदर्शनमा क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेस र राजपाका सांसदको माग गर्दै असार २४ गते देखि उनिहरुले प्रतिनिधिसभामा नाराबाजी गर्दै आएका छन् ।

यसैबीच आजको राष्ट्रिय सभाको वैठकबाट राष्ट्रिय खेलकुद विकाश विधेयक, २०७५ पारित गर्ने पनि तयारी गरिएको छ । अपरान्ह ३ बजेका डाकिएको बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विधायन व्यवस्थान समितीको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेपछि पारित गर्ने तयारी भएको जनाईएको छ ।

यस्तै आजको बैठकमा वातावरणमैत्री सवारी र यातायात नीति, २०७१ र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्ने कार्यसूची पनि रहेको छ ।