कर्णाली प्रदेश

हुम्लाको एक स्वास्थ्यचौकीमा प्रसूतिका लागि पुर्याईएकि एक महिलाको मृत्यु

हुम्ला । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो ।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिएका छन ।

मृतक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पुर्याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उहाँले जानकारी दिएका छन ।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । पहिलो कुरा अस्पतालको पहुँच कम हुनेर दोस्रो भैहाले पनि अस्पताल जानै कयौं समय लाग्ने हुनाले पनि त्यहाँका स्थानी अकालमै ज्यान गुमाउन वाध्य छन ।

त्यस्मा पनि सुत्केरी महिले ले त झनै ज्यान गुमाईरहको घटाना वार वार सार्वजनीक भैरहेका हुन्छन । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ ।