समाचार

एकैसाथ चारओटा एनसेल टावरमा अज्ञात समुहद्वारा आगजनी

काठमाडौं । गएराती मुलुकका विभिन्न स्थानमा  रहेका चारओटा ऐनसेलका टावरमाथि अज्ञात समुहले आगजनि गरेको छ । यसैक्रममा ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास भएको छ ।

परिचय नखुलेको समूहले बुधबार राति टावरमा आगजनी र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । टावर नजिकै बम जस्तै शंकास्पद बस्तु भेटिएको छ । अहिले महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरिक्षक

रामकृष्ण सापकोटा नेतृत्वको प्रहरी टोली र बम निष्कृय बनाउने नेपाली सेनाको टोली पनि घटनास्थलमा पगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

यसैबीच बझाङको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको छ । हिजो राति जिल्लाको मष्टा गाउँपालिका , थलारा गाउँपालिका र वित्थडचिर गाउँपालीकामा रहेको एनसेल टावरमा अज्ञात समूहले एक्कासि टावरमा आगजनी गरेपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

प्रहरी र स्थानीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।