खेलकुद

बेन्जिमाको ह्याट्रिकको सहयोगमा रियल मड्रिड औडी कपमा तेस्रो

एजेन्सी । करिम बेन्जिमाको ह्याट्रिकको सहयोगमा रियल मड्रिड औडी कपमा तेस्रो भएको छ । बुधबार भएको खेलमा फेनरवाचीलाई ५–३ गोल अन्तरले पराजित गर्दै जिनेदिन जिदानको टिम प्रतियोगितामा तेस्रो बनेको हो । प्रि–सिजनमा खराब नतिजाले दबाबमा आएको रियलले ५–३ को नतिजा निकाल्न सक्यो ।

खेलको छैटौ मिनेटमा ग्यारी रोड्रिग्वेसको गोलबाट रियलले अग्रता बनाएको थियो । १२ औ मिनेटमा बेन्जिमाले खेल बराबरीमा ल्याए । २७ औ मिनेटमा बेन्जिमाले रियललाई २–१ को अग्रता दिलाए । ३४ औ मिनेटमा नबिल दादरले खेल २–२ को स्थितीमा ल्याए । ५३ औ मिनेटमा बेन्जिमाले गोल गर्दै ह्याट्रिक पुरा गरे । ५९ औ मिनेटमा ओजान तुफानले खेल ३–३ को स्थितीमा ल्याएका थिए ।

६२ औ मिनेटमा नाचो फर्नान्डेजले गोल गर्दै रियललाई ४–३ ले अगाडी बढाए । ७९ औ मिनेटमा मारियानो डियाजले गोल गर्दै रियललाई ५–३ को जित दिलाउन सफल रहे । मुख्य खेलाडीले चोट बोकेपछि दबाबमा आएको रियललाई पछिल्लो खेलको नतिजाले केही राहत दिएको छ ।