अन्तर्राष्ट्रिय

बाढीबाट उत्तरपूर्वी चीनका साढे सात लाख प्रभावित

बेईजिङ । चीनको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीका कारण साढे सात लाखभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । स्थानीय सरकारी अधिकारीहरूका अनुसार कूल सात लाख ५७ हजार नौ सय जना बाढीबाट प्रभावित भएका हुन् ।

देशको हेइलोङजिआङ प्रान्तमा रहेका झण्डै ११ हजार चार सय घर परिवार विस्थापित भएको उनीहरूले बताएका छन् । बाढीले पाँच लाख ६३ हजार हेक्टर क्षेत्रफलमा रहेको कृषि उपज नष्ट गरेको छ भने ७९ हजार १३० हेक्टर क्षेत्रफल पुरिएको छ ।

अधिकारीहरूका अनुसार झण्डै दुई हजार ५४७ घरमा क्षति पुगेको छ । बाढीले समग्रमा लाखौँ नोक्सान भएको छ ।