आर्थिक

सिभिल बैंकद्वारा मेलम्चीका कृषकहरुलाई सहुलिय कृषि कर्जा

काठमाण्डौ । सिभिल बैंक, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबिच आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्गलामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानिय कृषकहरुलाई प्राविधिक तालिम प्रदानगर्ने छ, भने उक्त तालिमप्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंकले सहुलियत पुर्ण कृषि कर्जा प्रदानगर्ने छ ।

उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतले यो सम्झौतालाई नमुना योजनाको रुपमा लिंदै यसलाई आगामी दिनमा देशका अन्य ग्रामिण क्षेत्रमा बिस्तारगर्दै लैजाने बताए ।