समाचार

राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण

भद्रपुर । झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् ।

दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका विभूतिहरुको सालिक स्थापना भइसकेको प्रमुख ओलीले बताए । उनले राष्ट्रिय विभूतिहरुको सम्मानस्वरुप सालिक निर्माण गरिएको बताए ।

पौड्याल वंशोद्वार केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत रहनुभएका दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको सक्रियतामा रु ६ लाखको लागतमा सालिक निर्माण गरिएको हो ।