आर्थिक

काँग्रेस नेता गगनद्वारा नेकपाकालागि भन्दा युवाका लागि काम गर्न नवनियुक्त मन्त्री भट्टराईलाई आग्रह

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता एवं काठमाण्डौ क्षेत्र नम्बर ४ का साँसद गगन थापाले नव नियुक्त पर्यटन सँस्कृित, तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलाई कार्यकाल सफलताको कामना गरेका छन् । बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय सदस्य समेत रहेका नेता भट्टराईलाई सपथ खुवाएका थिए ।

वाईडबडीमा भएको भ्रष्टाचार काण्डको बिबादलाई निराकरण नै नगरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टेर र्दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालयन खाली थियो । मन्त्रीमा सपथ खाएपछि सामाजिक संजालमा लेख्दै काँग्रेस केन्द्रीय सदस्य थापाले नेकपाको सफता भन्दा युवाहरुको सफलताका लागि लाग्न आग्रह समेत गरेका छन् । उनले योगेश भट्टराई मन्त्री हुनु भनेको युवा पुस्ताको आशा र विश्वाससंग जोडिएको कुरा बताएका छन् । नेता थापाले भनेका छन्ः

Yogesh Bhattarai दाइ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वास संग जोडिएको छ। मुरी मुरी शुभकामना ।।