राजनीति

युवा नेता योगेशले पाए पर्यटन मन्त्रीको जिम्मेवारी, राम्रोसँग हाँक्ने जनमानसको विश्वास

काठमाण्डौ । नेकपा एमालेको सचव बन्न सफल भएका नेकपाका युवा नेता योगेश भट्टराईलाई पर्यटन मन्त्रालयको सपथ खुवाईएको छ। नेकपाको सचिवालय बैठकमा शिक्षा बिभाग योगेशलाई बनाउनुपर्छ भन्ने आवाज बलियो थियो भने अर्कोतिर सिनियर नेताहरुले नै आकाँक्षा राखेपछि उक्त विभागमा कसैलाई पनि राख्न नसकेपछि सचिवालय बैठक नै सकएिको थियो ।

पोखराका नेता पर्यटन मन्त्री योगेश भट्टराईको ताप्लेजुगंमा विमान दुर्घटना भई निधन भएपछि खाली रहेको पर्यटन मन्त्रालय कसलाई दिने भन्ने नेकपाभित्र चरम बिबाद हुंदा हुंदै पछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईलाई दिएका छन् । मन्त्री बनाउछु भनेर पनि नबनाएको भन्दै प्रधानमन्त्रीको आलोचना भईरहेको थियो भने पछिललो समयमा उनलाई मन्त्री बनाउने अनुकुलता भएका कारण बचन पुर्याएको प्रधानमन्त्री निकट नेकपा नेताहरुको बुझाई छ ।

वाईडबडी भ्रष्टाचारको बिषयमा बिबादमा आउदा आउदै मन्त्री अधिकारीको निधन भएपछि जिम्मेवारी पाएका नेता भट्टराईले पर्यटन मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालय कसरी हाँक्छन् त्यो हेर्न बाँकी नै छ तर सपथ समेत पाएपछि भट्टराईले राम्रोसंग मन्त्रालय हाँक्न सक्छन् भन्ने जनमानसको विश्वास भने कायम नै छ । मन्त्रीको सपथ काठमाण्डौमा नेकपाका एक अध्यक्षले खुवाउदा अर्का अध्यक्ष पुष्पकमल दहाल भने दुवईको पारिवारिक भ्रमणमा छन् ।