समाचार

चुनावी मैदानमा गोविन्द गिरी समूह, विजयी सुनिश्चित भएको दाबी

काठमाडौं । होस्टल व्यवसायको सामाजिक इज्जत, प्रतिष्ठा र छविलाई स्थापित गर्ने उद्देश्य राख्दै नेपाल होस्टल एसोसिएसनको केन्द्रिय नेतृत्वको लागि गोविन्द गिरीको समूहले उम्मेद्वारी सार्वजनिक गरेको छ । नयाँ नेतृत्वको लागि गिरीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा केदार थापा, महिला उपाध्यक्षमा ज्ञानु जोशी, महासचिवमा सुनिता बाटाजु, सचिवमा भीम भण्डारी, कोषाध्यक्षमा विभय पौडेल छन् । उक्त समूहले आफूहरु समूह नै विजयी हुने दाबी गरेको छ ।

त्यस्तै सदस्यहरुमा द्रोपटी वली, यसोदा थापा, पारश विष्ट, हरिप्रसाद भेटवाल, मीना देवी अर्याल र बालकृष्ण गौतम मैदानमा होमिएका छन् । नयाँ नेतृत्वका लागि मैदानमा उत्रिएकी महासचिवका प्रबल दावेदार मानिएकी उम्मेद्वार सुनिता बाटाजुले उम्मेद्वारी घोषणा समारोहमा भनिन्, ‘सामाजिक इज्जतलाई अझ उच्च बनाउने अनि संस्थालाई नियम, पद्धति र संस्थागत परिधिमा राखेर यसको विकासमा समर्पित हुने उद्देश्य राखेका छौं ।’