समाचार

सर्लाही घटनाको सत्यतथ्य ल्याउन माग गर्दै काँग्रेसले गर्यो संसद अबरुद्ध

काठमाण्डौ । मंगलबार बैठक अबरुद्ध गरेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले आजको बैकक समेत अबरुद्ध गरेका छन् । सर्लाही घटनाको सत्यतथ्य ल्याउन माग गर्दै उनीहरुले बैठक शुरु हुनासाथ बैठक अबरुद्ध गरेका हुन् ।

सभामुख कृष्ण बहादुर महराले उनीहरुलाई बस्न आग्रह गर्दा नाराबाजी गरेपनि नमानेपछि बैठक अबरुद्ध भएको छ । रोष्टम नै घेराउ भएको छ ।